Friday, August 1, 2014

मंगल होस्

देवताको पुजा गर्नेले
मानवता नाबिर्सियोस्
चाहे होस् नव-नास्तिक
घण्ट टिङ्ग बजाउँदा
पैदा हुने तरंगमा
रम्न नाबिर्सियोस्

सुर्योदयामा अर्घ दिनेलाई
सिन्दुरी साँझको लालिमाले पगालोस्
रातभरी बिचारको द्वन्द्व लड्नेलाई
झ्यालको कुनाबाट सुस्तरी छिर्ने
बिहानीको चिसो हावाले
एकै छिनको लागि भए पनि
मीठो निद्रामा सुलाओस्

शब्दकोशको शब्दभन्दा बढी
यी मनका भावनाहरु
करोडौं खुशीहरु
करोडौं ताडनाहरु
हर भाव, हर विचारले
कुनै कविको कलम पाओस्







No comments:

Post a Comment