Friday, November 6, 2015

तर्कना

आतिंदै ओर्लेका उतारहरु
मातिंदै चढेका चढावहरु
ब्रम्हाण्डको यो विशाल योजना
प्रकृतिका यी प्रभावहरु
प्रज्वल्लित कहिले पूर्ण चन्द्रले
कैले केवल काला दागहरु
छ सानो जीवन, ठुलो अर्थ
रित्तो खुशी, व्यर्थ तनावहरु
खाली नहुने आँगन मनको
चिहानको चिसो, कैले रोदीको रन्को
ओसिएको ठुटो, कैले डढेलो वनको
आक्रमणको उद्घोष, कैले पथ समर्पणको
रमझम रमिता, जीवन सरिता
घट्छन् बढ्छन्, बाटो फेर्छन्
मर्छन् पुराना ती आस्थाहरु
ब्युँतिन्छन् नयाँ अन्दाजहरु
हेर्दै यी सब उदेक मान्छु
कैले यसै मग्न मेरा भावहरु

No comments:

Post a Comment