Thursday, July 21, 2016

चुस्की लिउ मेरो

पुरै संसार किन डुल्नु
तिम्रै यो पलंगको दुइ कुनालाई
आकाश अनि पाताल मानिदिउं
श्रिस्टिदेखि संहार कल्ले देखेको छ र
यही रातलाई ब्रम्ह समय भनिदिउ
मेरा यी शब्दको गुञ्जन
अनि लोलायमन तिम्रो कायाको चाल
चाहिएका सबै सुर
अनि भएका सबै ताल
यसैमा मदमत्त नाचेर
तिमी चुस्की लिउ मेरो
म सर्को तान्छु तिम्रो
चुर्लुम्म डुब तिमी
म कावा खाँदै उडौला
खोज्दै आए कोहि
भनिदिउला तिमी बेहोश भयौ
अनि म पागल बनौला

No comments:

Post a Comment