Thursday, August 11, 2016

प्रशान्त किनारा

उडुं कि सेतो त्यो सीगल झैं
छालको चालमा टोलाउँदै
पारी किनारको मायालुलाई
काइ काइ गर्दै बोलाउँदै

रहरहरु एक थान बुझाएँ प्रशान्तलाई
महासागरको गहिराइमा सेलाएं
ब्युतें अर्को एक थान रहरहरु, तिनलाई
केस्रा केस्रा केलाएँ
रहरहरुको यात्रा, यो समुद्रको छाल
चालमाथि चाल चल्ने यो जीवन जंजाल
यो जंजालको सिक्री तोडी
संसारभरिको पीरलाई छोडी
म पनि प्रीत साचौं कि
नाङ्गो पैताला रगडी रगडी
बलौटे यो धर्तीमा
स्वच्छन्द नाँच नाचौं कि
कि चुप लागि बसौं यसै
डुब्दै गरेको सूर्य हेर्दै, लोलाउँदै
पारी किनारको मायालुलाई हेर्दै
मनै मनले बोलाउँदै


No comments:

Post a Comment