Sunday, January 25, 2015

सपना र यत्न

धरतीमा बसी
चन्द्रमा हेर्ने
यो मेरो नजर

यथार्थ बिर्सी
सपना बुन्ने
कस्तो हो रहर

जीवन खोलो
बगिसक्यो कता
बास मेरो वगर

असोजको साँझ
चिताउँदा खेरी
साउन झरर

कहिलेकाहीं त
आफैंलाई सम्झी
आँशु पो बरर

बाँझो दिललाई
पटाउने छैन
मायाको नहर

मन यो हो की
सबैले छोड्या
उजाड सहर

तर आश ज्याद्रो
नमर्ने यसै
अजम्बरी बुटी
खाए जसै

चन्द्र नभए
सुर्य खोज्ने
सुर्य नभए
तारा रोज्ने

प्राप्ति नभए के त?
यत्नले रच्छ अर्को
खुशीको लहर

जिन्दगी सपना
जिन्दगी यत्न
यै मेरो ठहर


No comments:

Post a Comment