Sunday, March 1, 2015

देउरालीका ढुंगाहरु

केहि खोज्दै नखोजी
केहि सोच्दै नसोची
नियमितताले पस्किने उकालीमा
अगाडिको पाइलालाई चुपचाप पहिल्याउने 
पछाडिको पाइला जस्तै
एकोहोरो चलिरहँदा पनि जिन्दगी
ठोकिन्छन् यी पाइलाहरु
देउरालीमा सजिएका
मायाका  ढुंगाहरुमा
अनि सोच्नुपर्छ
कतै
यो माया ढुंगा हो कि भनेर
खोज्नुपर्छ
त्यै ढुंगामा माया पो छ कि भनेर
तर
देउरालीका ती  ढुंगाहरु
देउरालीका ती  मायाहरू
ती  देउरालीमा भेटिन्छन्
ती देउरालीमै  छुट्टिन्छन्

ठेस लागेको चोटलाई नसोची
देउरालीको माया नखोजी
ओर्लिन्छन् पाइलाहरु ओरालीमा
केहि खोज्दै नखोजी
केहि सोच्दै नसोची
देउरालीमा सजिएका
मायाका  ढुंगाहरुलाई
देउरालीमै छोडी 

No comments:

Post a Comment