Monday, March 9, 2015

झ्यालको डिलैमा






















मेरो झ्यालको डिलैमा गमला
गमलामा बिरुवा
बिरुवामा दुई फूलहरु
शिसाको पर्खालपारी
लुकी लुकी हेर्छन्
भिजी भिजी हेर्छन्, कैले
सुकी सुकी हेर्छन्

बाहिर बाटोमा आउने जाने
हरेक बटुवालाई
डाकुला झैँ गर्छन्
काँचको छेकबार तोडी
तल दोबाटोमा
हाम फालुला झैँ गर्छन्

बिहान सुर्य आँउछ
दिनभर उसैसँग
मुखामुख गर्छन्
साँझमा बिलाउँछ उज्यालो
अनि झोक्राएर सुत्छन्

मेरो झ्यालको डिलैमा गमला
गमलामा बिरुवा
बिरुवामा दुई फूलहरु
यसै दङ्ग पर्छन्
यसै फुङ्ग पर्छन्

No comments:

Post a Comment